अत्यधिक गतिका कारण बंगलादेशमा यात्रुबहाक बस दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी : बंगलादेशमा आज बिहान भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।
बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको द्रुतमार्गमा उक्त यात्रुबाहक बस दुर्घटना भएको थियो।
४० जना सवार बस अत्यधिक गतिका कारण द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको थियो।
घाइते सबैलाई नजिकैको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले बताएका छन्।