एमाले छाडेका घनश्याम भुसाललाई महासचिव बनायो एकीकृत समाजवादीले, बेदुराम उपाध्यक्ष

काठमाडौं : एमाले छाडेका घनश्याम भुसाललाई एकीकृत समाजवादी पार्टीले महासचिव बनाएको छ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज (आइतबार) बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो।
यसअघि एमाले छाडेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका भुसाल चुनावमा पराजित भएका थिए। यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
त्यसैगरी घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेका कारण समाजवादी पार्टीले पूर्व महासचिव बेदुराम भुसाललाई भने उपाध्यक्ष बनाएको छ।