संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधानमन्त्रीले लिने विश्वासको मतमा १० दलको एकै मत

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधानमन्त्रीले लिने विश्वासको मतमा १० दलको एकै मत

काठमाडौं : सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठकले संसद्‌मा पेस गरिने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकसाथ प्रस्तुत हुने सहमति गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार संघीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

आइतबार संघीय संसद्मा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ।

यस्तै बैठकमा सोमबार प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको बताइएको छ।

४ चैत, २०७९, २०:१६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।