विचार मिल्ने कम्युनिष्ट पार्टीसँग हाम्रो एकता हुन सक्छ : माधव नेपाल

विचार मिल्ने कम्युनिष्ट पार्टीसँग हाम्रो एकता हुन सक्छ : माधव नेपाल

सिन्धुपाल्चोक : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन र विचार मिल्ने कम्युनिष्ट पार्टीसँग एकता हुन सक्ने बताएका छन्। 

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए।

देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने बताउँदै उनले गल्ती स्वीकार नगर्ने पार्टीसँग भने एकता सम्भव नरहेको बताए।

उनले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग भने गठबन्धन हुन सक्दैन।’

संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उनले बताए।

‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो। संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो।’

४ चैत, २०७९, १७:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।