युद्धकालीन घटना अदालतमा लगिए प्रचण्ड मात्रै होइन ओली र देउवा पनि जेल जानुपर्छ : सीपी गजुरेल

युद्धकालीन घटना अदालतमा लगिए प्रचण्ड मात्रै होइन ओली र देउवा पनि जेल जानुपर्छ : सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले ‘जनयुद्ध’कालीन घटनालाई नियमित अदालती प्रक्रियामा लगिए प्रचण्ड मात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि जिम्मेवार हुने बताएका छन्।

शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो प्रतिक्रिया दिएका हुन्।

 उनले शान्ति प्रक्रियामा तत्कालीन विद्रोही माओवादी, सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए।

उनले शान्ति प्रक्रियाको स्प्रिडअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माधव कुमार नेपाल र बाबुराम भट्टराई पनि जिम्मेवार रहेको बताए।

उनले भने, ‘क्रान्तिमा धेरैको ज्यान जान्छ, हाताहाती हुन्छ, त्यो आपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ।’

उनले प्रचण्डको भाषणलाई लिएर अदालतले गरेको आदेशबाट आफूहरू नतर्सेको पनि उल्लेख गरे।

४ चैत, २०७९, १७:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।