सुर्खेत उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

सुर्खेत उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

काठमाडौं : सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाज पुनः काठमाडौंमै अवतरण भएको छ।

शनिबार विहान ८ बजेर १३ मिनेटमा काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाज निजगढको आकाशमाथि एक फन्को लगाएर पुनः काठमाडौंमा अवतरण गरेको हो।

यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि काठमाडौं फर्काइएको बुद्ध एयरको त्रिभुवन विनमास्थल कार्यालयले पुष्टि गर्यो। कार्यालयमा अनुसार अहिले इन्जिनियरहरूले जहाजको परीक्षण गर्दैछन्।

त्रिभुवन विमानस्थलको आन्तरिक कार्यालयले फर्किएको जहाजमा परीक्षण थालिएकाले यात्रुलाई अर्को जहाजमा राखेर सुर्खेत उडा भर्न लागेको जानकारी दियो।

४ चैत, २०७९, ०९:४३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।