राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रुसले भन्यो- यसको कुनै अर्थ छैन

राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रुसले भन्यो- यसको कुनै अर्थ छैन

एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी)ले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रुसकाे विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ।

आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेको थियो।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको कुनै महत्त्व नभएको बताएका छन्।

प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयहरूले पनि हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन।’

आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको थियो।

रूसले युक्रेनमा आफ्नो पूर्ण आक्रमण सुरू गरेको दिन २४ फेब्रुअरी २०२२ बाट पुटिनले युद्ध अपराध गरेको दाबी गरिएको छ।

यसअघि रुसले आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको थियो।

३ चैत, २०७९, २२:०५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।