अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको छ।

रूसले युक्रेनमा आफ्नो पूर्ण आक्रमण सुरू गरेको दिन २४ फेब्रुअरी २०२२ बाट पुटिनले युद्ध अपराध गरेको दाबी गरिएको छ।

यसअघि रुसले आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको थियो।

३ चैत, २०७९, २१:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।