उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित, उम्मेदवारी निस्क्रिय पारेकी प्रमिलालाई पनि मत

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित, उम्मेदवारी निस्क्रिय पारेकी प्रमिलालाई पनि मत

काठमाडौं : उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन्।

उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिए।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका थिए।

उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाइन्।

३ चैत, २०७९, १६:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।