एनएमबि बैंकद्वारा स्थिर ब्याजदरमा १५ वर्षको लागि घरकर्जा घोषणा

एनएमबि बैंकद्वारा स्थिर ब्याजदरमा १५ वर्षको लागि घरकर्जा घोषणा

काठमाडौं : एनएमबि बैंकले १५ वर्षका लागि स्थिर ब्याजदरमा घरकर्जा घोषणा गरेको छ।

बैंकले बिहीबार ११.९९ प्रतिशतको स्थिर ब्याजदरमा १५ वर्षको लागि घरकर्जा घोषणा गरेको हो।

यो घोषणाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुग्ने बैंकको विश्वास छ।

जस्तोसुकै बजार उतार–चढाव भए पनि यो कर्जामा ऋण अवधिसम्म ब्याजदर स्थिर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले जानकारी दिए।

विगत २६ वर्षदेखि अनवरत बैंकिङ्ग सेवा दिइरहेको बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट समेत सम्मानित भएको थियो।

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

३ चैत, २०७९, १६:०९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।