उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू

काठमाडौं : उपराष्ट्रपति पदको निर्वाचनको मतगणना सुरू भएको छ।

बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानको मतगणना पौने ४ बजेबाट सुरु भएको हो।

मतदानको नतिजा आजै साँझ ६ बजेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

उपराष्ट्रपति पदका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका थिए।

उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी जम्मा ८२९ मत खसेको थियो।

३ चैत, २०७९, १५:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।