भारतले घटाएर पठायो पेट्रोल र डिजेलको मूल्य

भारतले घटाएर पठायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेर भारतबाट घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रूपैयाँ ७४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ। यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रूपैयाँ छ।

भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ।

२ चैत, २०७९, १५:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।