उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मंगलबार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।

संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ।

उपराष्ट्रपतिका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमिला कुमारी तथा जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन्।

प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएका कारण उनको नाम र फोटो पनि मतपत्रमा समेटिएको छ। यद्यपि उनले यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छन्।

१ चैत, २०७९, ११:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।