विदेशी पर्यटकका तीन वर्षपछि खुल्यो चिनियाँ सीमा

विदेशी पर्यटकका तीन वर्षपछि खुल्यो चिनियाँ सीमा

एजेन्सी : कोरोना महामारीपछि चीनले पहिलो पटक विदेशी पर्यटकलाई भिसा दिन थालेको छ।

तीन वर्षपछि शून्य कोभिड नीतिबाट बाहिरिएपछि चीनले प्रतिबन्धहरू हटाउँदै पर्यटकका लागि देशकफ सीमा खोलेको हो। प्रतिबन्धका कारण चीनको अर्थतन्त्रमा ठूलो नोक्सान पुगेको छ।

चिनियाँ भिसाका लागि मार्च १५ देखि आवेदन दिन सकिनेछ भने हाइनान टापु र सांघाईमा क्रूज जहाजहरूको लागि भिसा-फ्रि प्रवेश पनि फेरि सुरू हुनेछ।

यसबाहेक, २८ मार्च २०२० अघि जारी गरिएका सबै वैध भिसाहरू प्रयोग गर्न सकिने चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

कोभिडसँग लड्न लगाइएका प्रतिबन्धहरू हटाउनु चीनमा महामारीपछिको सामान्य जनजीवन पुनःस्थापनातर्फको ठूलो कदम हो।

महामारीअघि चीनमा वर्षेनी लाखौं अन्तर्राष्ट्रिय यात्रुहरू आउने गरे पनि कोभिड आएसँगै पर्यटन उद्योगमा ठूलो नोक्सान पुगेको थियो।

१ चैत, २०७९, ०७:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।