उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरू, के-के गर्न पाइँदैन ?

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरू, के-के गर्न पाइँदैन ?

काठमाडौं : उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरू भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ।

मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ। 

उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुँदैछ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू हुनेछ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ। 

आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उपराष्ट्रपतिको निर्वाचनका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाकी प्रमिलाकुमारी यादव, जनमत पार्टीकी ममता झा र जसापाकै रामसहायप्रसाद यादव उम्मेदवार रहेकाेमा प्रमिलाकुमारीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाउँदै समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन्।

१ चैत, २०७९, ०७:२५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।