राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

काठमाडौं : भारतकी राष्ट्रपति द्रौपती मुर्मूले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएकी छन्।

सोमबार राष्ट्रपति पौडेलले सपथग्रहणपछि पदभार ग्रहण गरेपछि भारतीय समकक्षी मुर्मूले विज्ञप्ति निकालेर बधाई तथा शुभकामना दिएकी हुन्।

‘तपाईंको सक्षम मार्गदर्शनमा हाम्रो व्यापक सहयोग अझ सुदृढ हुनेमा म विश्वस्त छु। म हाम्रो द्विपक्षीय साझेदारीलाई थप सुदृढ गर्न तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु,’ मुर्मूले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यस क्रममा उनले नेपाल र नेपाली जनताको उन्नति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन्।

राष्ट्रपति पौडेललाई अष्ट्रेलिया, अमेरिकाका लगायत देशका नेपालस्थित राजदूतहरूले पनि बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।

२९ फागुन, २०७९, २१:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।