उपराष्ट्रपति पदमा उम्मेदवारीसँगै जनमत, लोसपा र नागरिक उन्मुक्तिबिच कार्यगत एकताको सहमति

उपराष्ट्रपति पदमा उम्मेदवारीसँगै जनमत, लोसपा र नागरिक उन्मुक्तिबिच कार्यगत एकताको सहमति

काठमाडौं : माओवादी केन्द्र जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबिच समाजवादी मोर्चा बनाएर कार्यगत एकता गर्न असफल भइरहेको बेला मधेस केन्द्रित तीन दलबिच कार्यगत एकताको सहमति भएको छ।

उपराष्ट्रपतिमा एकल उम्मेदवार चयनमा १० दलीय गठबन्धन असफल भएर तीन जनाको उम्मेदवारी परेकै दिन गठबन्धनका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिच कार्यगत एकताको सहमति भएको हो।

सहमति पत्रमा जनमतका अध्यक्ष सिके राउत, लोसपामा महन्थ ठाकुर र नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको हस्ताक्षर छ। राउतले सार्वजनिक गरेको सहमति पत्रमा आपसी सहमतिको आधारमा सहकार्य गर्दै कार्यगत एकताका लागि सहमत भएको उल्लेख छ।

राउतले उपराष्ट्रपतिको निर्वाचन, मधेस र थरुहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ सहित विगतका सहमतिहरूको कार्यान्वयन सहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न सहमति भएको उल्लेख छ।

उपराष्ट्रपतिमा जनमतबाट विवादित पृष्ठभूमिकी ममता झाको उम्मेदवारी परेको छ। जसपाबाट दुई जना र एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार बनेकी छिन्।

२७ फागुन, २०७९, १९:४७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।