दश दलको बैठकमा जुटेन सहमति, जनमत र जसपाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गर्ने

दश दलको बैठकमा जुटेन सहमति, जनमत र जसपाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गर्ने

काठमाडौं : सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटेन।

शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको राउतले बताए।

राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ। जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने उनले बताए।

१० दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी, नागरिक उम्मुक्ति, जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन्।

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन जसपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक पार्टी मुख्यालयमा बस्नेछ।

पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ। आयोगले महिला हुनुपर्नेमा बढि जोड दिएपछि पुनः बैठक बस्न लागेको हो।

२७ फागुन, २०७९, ११:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।