उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : एमालेले सचिवालय बैठक शनिबार बस्दैछ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

शनिबार उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने भएकाले पार्टीले उम्मेदवार तय गर्नसक्ने सम्भावना पनि छ।

२७ फागुन, २०७९, ०७:३३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।