उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न सत्ता गठ साझेदार दलको बैठक बस्दै

उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न सत्ता गठ साझेदार दलको बैठक बस्दै

काठमाडौं : उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलहरूको बैठक बस्दैछ।

शनिबार बिहान साढे ८ बजे गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरू हुन केही घण्टा मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ।

गठबन्धनमा पहिले उपराष्ट्रपति जसपालाई दिने सहमति भएको तर अहिले नयाँ तरिकाले छलफल अगाडि बढेको छ।

उपराष्ट्रपतिमा सत्ता साझेदार आठ दलबाटै तीन जना आकांक्षी देखिएका छन्। जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव, जनमत पार्टीले ममता झा र नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

यद्यपि श्रेष्ठको सवालमा भने उमेर नपुग्ने देखिएको छ। उपराष्ट्रपतिको उम्मेदवार हुन कम्तिमा पनि ४५ वर्ष पूरा भएको हुनुपर्नेमा उनी मात्र ४० वर्षकी हुन्।

२७ फागुन, २०७९, ०७:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।