विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल सफल : केपी ओली

विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल सफल : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।

राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको भन्दै अध्यक्ष ओलीले यसखालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूको लागि गर्वको विषय भएको बताए।

११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए।

‘भोजपुरको गाउँमा जन्मिएर आन्दोलनबाट हुर्किएर गएको महिलाले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको जिम्मेवारी रहनु गौरवको विषय हो,’ उनले भने, ‘अघिल्लो कार्यकालको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई उहाँ दोस्रोपटक पनि सोही भूमिका सफलतापूर्वक निर्वाह गर्नुभयो।’

अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्नसक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्नेमा जोड दिए।

२४ फागुन, २०७९, १३:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।