बिहीबारको उकेरा टप फाइभ : नेपाली बैंकमै नक्कली अमेरिकी डलरदेखि बढुवा खान चिकित्सकले गरेको बदमासीसम्म

बिहीबारको उकेरा टप फाइभ : नेपाली बैंकमै नक्कली अमेरिकी डलरदेखि बढुवा खान चिकित्सकले गरेको बदमासीसम्म

काठमाडौं : आठ दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा सांसदहरूलाई प्रशिक्षित गर्न आठ दलले काठमाडौँमा कार्यक्रम राखे पनि बिहीबार सबैको नजर थियो नेपालको सिनियर र जुनियर क्रिकेट टिमको प्रदर्शनको।

दुवै राष्ट्रिय टोलीको प्रतिस्पर्धा थियो युएईसँग। अनि दुवै खेल युएईमै भएको थियो। अर्को संयोग के भने दुवै टोलीको लक्ष्य विश्वकप खेल्नु थियो।

सिनियर टोली पहिलो दिनको प्रतियोगितामा युइएसँग पराजितहुँदा उता यू-१९ टोलीको  भने विश्वकपको यात्रा पक्का गर्यो।

धरौटीमा छुटेका नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेदेखि नै सिनियर टिम प्रशंकाभन्दा बढी आलोचनाको केन्द्रमा छ।

क्रिकेट एसोसिएसन अफ नेपालका पदाधिकारीसँगै धरौटी निकाल्ने अनि अझ धरौटीको सर्तै हटाएर विदेश जान अनुमति दिने न्यायाधीशहरू कानुनी र नैतिकता दुवैको कसिमा छन्। महिलामैत्री कानुनी राज्यका पक्षमा रहेकाहरूको नजरमा न्यायालय शङ्काको घेरामा छ।

प्रतियोगिताको जितले केही धरौटीको पक्षमा रहेकाहरुले सान्त्वना पाउन सक्थे। तर कमजोर ब्याटिङले त्यो मौका गुम्यो। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत जारी शृङ्खलाको दोस्रो खेलमा नेपालको सिनियर टिम युएईसँग पराजित भयो।

अन्य महत्त्वपूर्ण खबर उही राष्ट्रपतिका उम्मेदवारको दौडधुपमै रह्यो। राष्ट्रपतिका उम्मेदवार पौडेल आठ दलको नेताको साथ लागेर आठै दलका सांसद फकाउन केन्द्रित हुँदा एमालेका उम्मेदवार सुवास नेम्वाङ कहिले एकीकृत समाजवादी त कहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरू फकाउन व्यस्त रहे।

उकेराले बिहीबार पाँच महत्त्वपूर्ण विषयको उठान गर्यो। उकेराले बिहीबार बुटवलको अस्पतालमा बसेर दुर्गममा बसेको भनेर एघार तहमा बढुवा लिएका एक चिकित्सकको बदमासी सार्वजनिक गर्यो। यो उकेराको फलो अप स्टोरी थियो।

अर्को गम्भीर विषय थियो बैङ्कबाटै लिएको अमेरिकी डलर नक्कली भेटिनु। नेपालको बैङ्कमा साटेको अमेरिकी डलर लिएर दुबई जाँदा नक्कली अमेरिकी डलर भन्दै दुई नेपाल झन्डै थुनिए तर यसप्रति अहिलेसम्म न सम्बन्धित बैङ्कले चासो राखेर छानबिन अगाडि बढाएको छ न त राष्ट्र बैङ्कले नै अनुसन्धान अगाडि बढाएको छ।

आर्थिक मन्दीका कारण घरेलु उद्योग समेत धरासयी बन्दै गएको स्टोरीसँगै उकेराले नेपाली यौन बजारमा युगान्डाको युवती समेत आइपुगेको समाचार प्रकाशित गरेको थियो।

एक दिन एउटा कोलम अन्तर्गत आज बिहीबार हिजोको कुरामा डा विप्लव ढकालको रमाइलो बाल्यकालीन र युवाकालीन संस्मरण प्रस्तुत गर्यौँ।

बिहीबार प्रकाशित टप फाइभ सामग्रीका लिङ्कहरू

१-बुटवल बसेर दुर्गमको सुविधामा बढुवा पाए डा. इन्द्रले, लोकसेवा छानबिनमा

लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरेका आधारमा दुर्गमको सुविधा भन्दै मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल एघारौँ तहमा बढुवा सिफारिस भएको खुलेपछि लोकसेवा आयोगले छानबिन सुरु गरेको छ।

बढुवाका लागि नियम अनुसार दुर्गममा खटिएको हुनुपर्ने भए पनि डा ढकालले बुटवलमा कार्यरत समयलाई नै दुर्गम भनेर बढुवाको प्रक्रियामा सहभागी भएका थिए। त्यसैको आधारमा उनको बढुवा प्रक्रिया अगाडि बढेको खुलेपछि आयोगले छानबिन सुरु गरेको हो।

पुरा समाचार : बुटवल बसेर दुर्गमको सुविधामा बढुवा पाए डा. इन्द्रले, लोकसेवा छानबिनमा

२-नक्कली अमेरिकी डलरबारे सिटिजन्स बैङ्कको दाबी' जानकारी नै आएको छैन'

दुबई जान चलचित्र विकास बोर्डका कर्मचारीले साटेको अमेरिकी डलर नक्कली परेकोबारे बैङ्कलाई कुनै जानकारी नआएको सिटिजन्स बैङ्कको दाबी छ।

बैङ्कका प्रवक्ता नारायणराज अधिकारीले बोर्डका दुई कर्मचारीले बैङ्कमा साटेको पाँच सय अमेरिकी डलरमध्ये केही नोट नक्कली परेकोबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरे।

उनले उकेराको समाचारमा बोर्डका पदाधिकारी नक्कली डलर परेर झन्डै थुनिएकोबारे पढे पनि त्यसबारे बोर्डले बैङ्कलाई औपचारिक रूपमा जानकारी नगराएको बताए।

पुरा समाचार : नक्कली अमेरिकी डलरबारे सिटिजन्स बैङ्कको दाबी' जानकारी नै आएको छैन' 

३-घरेलु उद्योगलाई समेत नवीकरण गर्न नसक्ने अवस्थामा पुगे उद्योगी

नयाँ उद्योग दर्ता गर्ने क्रम पनि बढिरहेको छ। तर त्यसरी दर्ता भएका उद्योग एक वर्षपछि नवीकरण नै हुन नसक्ने अवस्थामा रहेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्योग अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद भुसालले बताए।

कोरोना महामारी सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुलेको भएपनि नविकरण नगर्नेको संख्या पनि बढिरहेको उनले बताए।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्याङ अनुसार रुपन्देहीमा अहिलेसम्म १६ हजार ८ सय ३२ उद्योग दर्ता भएका छन्। दर्ता भएकामध्ये २९५ उद्योग मात्रै नवीकरण भएका छन्।

पुरा समाचार : घरेलु उद्योगलाई समेत नवीकरण गर्न नसक्ने अवस्थामा पुगे उद्योगी

४-नेपाली यौन बजारमा युगान्डाको युवती

नेपालमा क्लिनर काम गरेर महिनाको पाँच सय अमेरिकी डलर (करिब ६६ हजार) कमाई हुने प्रलोभनमा युगान्डाबाट महिलालाई नेपाल ल्याएर यौन व्यवसायमा लगाउने गरेको मानव बेचबिखन ब्युरोको एक अप्रेसनले खुलाएको छ।

अफ्रिकी मुलुक युगान्डाकी २५ वर्षीया नताशा भनिने एमाकुलेट नाबासुम्बाले एक महिलालाई नेपाल बोलाएर ठमेलको होटेलमा राखेर जवर्जस्ती यौन व्यवसायमा लगाउने गरेको खुलाएको हो।

पुरा समाचार : नेपाली यौन बजारमा युगान्डाको युवती

५-साथीहरूसँग गफ गरेर बसेको बेलामा जब प्रेमिका टुप्लुक्क आइपुगिन्

अहिले पनि उनी आफ्नो आमालाई सोध्ने गर्छन्, 'म बाल्यकालमा कस्तो थिएँ? मेरो स्वभाव कस्तो थियो?' उनकी आमा खुसी हुँदै सुनाउने गर्छिन्  'कमेरो र माटोले लिपपोत गरेको घरको भित्ताभरि सिन्काले 'क' लेख्ने गर्थिस्। अलिअलि मात्रै हो र पूरै घरभरि। तेरो बाले परबाट देखेर पिट्न आउँथे। तर, तैँले लेखेको 'क' देखेर खुसी हुन्थे।'

पुरा फिचर : साथीहरूसँग गफ गरेर बसेको बेलामा जब प्रेमिका टुप्लुक्क आइपुगिन्

१८ फागुन, २०७९, २३:५२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।