अबको राष्ट्रपतिले राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुपर्छ : नेपाल

अबको राष्ट्रपतिले राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुपर्छ : नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको राष्ट्रपतिले देशभक्ति र राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन्। 

बिहीबार काठमाडौँमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारी बारे प्रष्टताको आवश्यकता रहेको बताए। 

उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रका सामु अनेक चुनौतीहरू आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताए।

उनले भने ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता छ। राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरा, राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ।'

१८ फागुन, २०७९, १६:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।