बाल चित्र कथा 'एमिली र त्यो चिज' र 'एमिलीको खरायो'  नेपालीमा 

बाल चित्र कथा 'एमिली र त्यो चिज' र 'एमिलीको खरायो'  नेपालीमा 

काठमाडौँ : क्रेसीडा कावलको लेखन र निअल लेटनको चित्राङ्कन रहेको 'एमिली र त्यो चिज' र 'एमिलीको खरायो' शीर्षकको चित्र कथा प्रकाशित भएको छ।

कथालय इन्कले दुवै चित्रकथालाई नेपाली भाषामा प्रकाशित गरेको हो। यी चित्र पुस्तकहरूको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका छन्। यी बाल पुस्तकलाई होड्डर र स्टोङ्टन् ( ह्याचेट चिल्ड्रेन ग्रुप) प्रकाशकले सन् २००७ मा बेलायतबाट प्रकाशित गरिसकेको छ।

'एमिली र त्यो चिज' चित्र कथामा एक जना सानी केटी हुन्छिन् जसको नाम एमिली हुन्छ र उसको एउटा पुरानो खैरो खरायो हुन्छ जसको नाम स्टेनली हुन्छ। एमिली र उसको पुरानो खरायो स्टेनली निदाउने कोसिसमा हुन्छन्, तर एउटा आवाजले उनीहरूलाई बिउँझै राख्छ, निदाउनै दिँदैन।

त्यो अनौठो आवाज केको हो, कसको हो अथवा केले त्यो आवाज निकाली रहेको छ? त्यस्तै अर्को चित्र कथा 'एमिलीको खरायो' मा एमिली र स्टेनली प्रदेशको जीवन र त्यहाँको चालामाला कस्तो रहेछ हेर्न भनेर अन्तरिक्षको नभ-मण्डलमा पुग्छ।

नभ-मण्डलमा पुगेको मात्र के थियो।  त्यहाँका महारानीले एमिलीको खरायो मन पराउँछ र खरायो लिन आफ्ना चाकाहरुलाइ पठाउँछन् । त्यो खरायो नै महारानीलाई किन चाहिएको होला, त्यो खरायो पाउनका लागी महारानीले के कस्ता प्रयास गर्छिन् त ?  यस्तै प्रश्न र कौतुहलता पाठकमा जगाउने प्रयास यस चित्रकथाले गरेको छ।

८ मंसिर, २०७८, १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।