सुशीलाको पुस्तक 'पानीमा रुझ्नु हुँदैन' प्रकाशित

सुशीलाको पुस्तक 'पानीमा रुझ्नु हुँदैन' प्रकाशित

चित्र कथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक् हुन सक्छ भन्ने कुरालाई इङ्गित गरिएको छ।

'पानीमा रुझ्नु हुँदैन' शीर्षक चित्र कथाको प्रमुख पात्र हो ईश्वर। कथामा, ईश्वर विद्यालय जान पानी रोकिने प्रतीक्षामा हुन्छ तर पानी रोकिने छाँट हुँदैन। ईश्वरको आमा तुलसाले झ्यालबाट बाहिर हेर्दै भन्छिन्, 'एकै छिन पख् छोरा! पानी रहला जस्तो छैन। फेरि बाटामा पानी पर्यो भने रुझौला । पानीमा रुझ्नुहुन्न। बिरामी परिन्छ।'  

ईश्वरसँग पानी परेको बेला विद्यालय जान बर्सादी हुँदैन र आमाको बिग्रेको छाता ओढेर जाँदा साथीले जिस्काउँदा पनि नराम्रो नमानी बरु अरू साथीलाई पनि छातामा ओट दिन्छ।

यस पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने विषयवस्तु रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

यो पुस्तक तीन वा तीन वर्षभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा सात वर्षभन्दा माथिका बालबालिकाले आफैँ अध्ययन गर्न उपयुक्त छ। 

३० कात्तिक, २०७८, १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।