बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

खोटाङः स्रष्टा श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।

२०७२ सालयता काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ कथा छन्। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ।

बालकथा सङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए। हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ ताेकिएकाे छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको सङ्ग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन्।

असोज २९, २०७८ शुक्रबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।