भेरी–बबई डाइभर्सनमा ५९ प्रतिशत भौतिक प्रगति, दुई वर्षमा काम सम्पन्न हुने

भेरी–बबई डाइभर्सनमा ५९ प्रतिशत भौतिक प्रगति, दुई वर्षमा काम सम्पन्न हुने

सुर्खेत: राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५९ प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति गरेको छ। आर्थिक वर्ष २०७१/०७२ बाट निर्माण कार्य सुरु भएको आयोजनामा नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरिएको थियो।

आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर कृषियोग्य जमीनमा १२ महिना नै सिँचाइ सुविधा उपलब्ध गराउने, ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

दोस्रो चरणका सबै काम चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भए पनि यी काम सम्पन्न हुन थप दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ। कोरोना महामारी, निर्माण सामग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकेर पछाडि धकेलिएको आयोजनाले जनाएको छ।

आयोजनाको पहिलो चरणमा १० अर्ब ५६ करोडको लागतमा १२ किलोमिटर लामो सुरुङ निर्माण भइसकेको छ। चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा एक वर्षअगावै टनेल बोरिङ मेसिन (टीबीएम) को सहायताले सुरुङ निर्माण गरेको थियो।

हाल दोस्रो चरणका काम सिभिल संरचना (हेडवर्क्स, पावरहाउस तथा सर्ज साफ्ट), हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम भइरहेका छन्।

दोस्रो चरणमा बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो।

दोस्रो चरणका सबै काम चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भए पनि यी काम सम्पन्न हुन थप दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ। कोरोना महामारी, निर्माण सामग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकेर पछाडि धकेलिएको आयोजनाले जनाएको छ।

कम्पनीले नेपालका कुनै पनि बैंकमा खाता खोल्न पाएको छैन भने नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट रकम निकाल्न नपाउँदा कर्मचारीहरूले एक वर्षदेखि पारिश्रमिक पाएका छैनन्। अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो।

आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजनका लागि आयोजनाले छनोट गरेको परामर्शदाता इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँगको सम्झौता रद्द गरेको छ।

२०७६ असोज ६ गते एमजीसीई र नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग आयोजनाले परामर्शदाताका लागि सम्झौता गरेको थियो। कम्पनीले शर्तअनुसार काम पूरा नगरेपछि आयोजनाले सम्झौता रद्द गरेको हो।

परामर्शदाताका रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका शर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) लेखनाथ सुवेदीले बताए। अमेरिकी प्रतिबन्ध सूचीमा परेपछि कम्पनीले बैंक खाताबाट साढे तीन करोड रकम निकाल्न समेत पाएको छैन।

जसले गर्दा कम्पनीले नेपालका कुनै पनि बैंकमा खाता खोल्न पाएको छैन भने नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट रकम निकाल्न नपाउँदा कर्मचारीहरूले एक वर्षदेखि पारिश्रमिक पाएका छैनन्। अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो। ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ।

कम्पनीले एक वर्षदेखि परामर्शदाताका रूपमा काम गर्न पूर्ण रूपमा छाडेपछि आयोजनाले माघ ९ गतेबाट लागू हुने गरी कम्पनीसँग सम्झौता करार रद्द गरेको हो।

एमजीसीईले भेरी बबई आयोजनामा नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर परामर्शदाताका रूपमा काम गर्दै आएका थिए।

आयोजनाले हाइड्रोमेकानिकल अन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्वीचयार्ड डिजाइनका काम रहेको सुवेदीले जानकारी दिए। आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो। ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ।

त्यहाँबाट १२ किलोमिटर सुरुङमार्फत भेरीगङ्गा नगरपालिका–५, हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ। जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ।

सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना समेत गरिसकेको छ।

१३ फागुन, २०७९, १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।