रविले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई सार्वजनिक धम्की दिएकोमा महासंघको आपत्ति

रविले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई सार्वजनिक धम्की दिएकोमा महासंघको आपत्ति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

आइतबार पार्टी सरकारबाट बाहिरिएसँगै उनले नेपाली सञ्चार क्षेत्रप्रति आलोचनात्मक अभिव्यक्ति दिएका थिए।

महासंघ जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ। उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ।’

साथै विज्ञप्तिमा चौथों ठूलो दलका अध्यक्ष र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यक्तिले संयम गुमाएर अभिव्यक्ति दिनु नेपाली सञ्चार क्षेत्रमाथिकाे प्रहार भएकाे बताइएकाे छ।

२२ माघ, २०७९, २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।