वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बीपीडब्ल्यू लघुवित्तको आईपीओ खुला

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बीपीडब्ल्यू लघुवित्तको आईपीओ खुला

काठमाडौं: बीपीडब्ल्यू लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ। कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा नौ हजार सात सय कित्ता आईपीओ बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। निष्काशित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ।

२२ माघ, २०७९, १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।