स्वास्थ्य बीमाकाे दायरा बढाउँदै लैजान्छाैं : मन्त्री गिरी

स्वास्थ्य बीमाकाे दायरा बढाउँदै लैजान्छाैं : मन्त्री गिरी

चितवन : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर धेरै जनतामाझ लैजाने बताएका छन्।

अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले क्यान्सरलगायत जटिल रोगका बिरामीका लागि पनि उपचार खर्च पुग्नेगरी बीमाको दायरा बढाउने योजनामा रहेकाे बताए।

स्वास्थ्य बीमामार्फत जनताले अहिले १ लाखसम्मको उपचार खर्च पाइरहेका छन्।

स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरू धेरै रहे पनि बजेट अति न्यून भएकाले सीमित स्रोत र साधनलाई नै परिचालन गरेर काम गर्नुपर्ने उनले बताए।

उनले अस्पतालका सबै कर्मचारीहरूलाई पारदर्शी भएर काम गर्दै जनताको भरोसा र विश्वास जित्न आग्रह गरे।

२१ माघ, २०७९, २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।