एभर्टनसँग लिग लिगर आर्सनल पराजित, जेम्स टार्कोव्स्कीको निर्णायक गोल

एभर्टनसँग लिग लिगर आर्सनल पराजित, जेम्स टार्कोव्स्कीको निर्णायक गोल

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिग लिडर आर्सनल एभर्टनसँग पराजित भएको छ।

गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले आर्सनललाई १–० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एभर्टनलाई जित दिलाउन जेम्स टार्कोव्स्कीले निर्णायक गोल गरे। उनले खेलको ६०औं मिनेटमा डिविट म्यानिलको क्रसमा हेडरमार्फत गोल गरेका थिए।

खेलअवधिभर राम्रो पकड बनाएको आर्सनलले पटकपटक अवसर बनाएर पनि सदुपयोग गर्न सकेन। अर्कोतर्फ खराब लयमा रहेको एभर्टनलाई सम्हालेको पहिलो खेलमै प्रशिक्षक सिन डायचले जित दिलाउन सफल भए।

एभर्टनले फ्रान्क लाम्पार्डलाई हटाएर उनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो।

हारका बावजुत २० खेलबाट ५० अंक जोडेको आर्सनल अंकतालिकाको शीर्षस्थानमा कायम छ। अर्थात समान खेल खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडि छ।

अर्कोतर्फ जारी सिजन खराब लयमा देखिएको एभर्टनले लिग लिडरलाई हराउँदै रेलिगेसन क्षेत्रभन्दा माथि उठेको छ। एभर्टनले १८ अंक जोडेर १७ औं स्थानमा छ।

२१ माघ, २०७९, २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।