कीर्तिपुर मैदानमा बलात्कार अभियुक्त सन्दीपका ९ पाेज

कीर्तिपुर मैदानमा बलात्कार अभियुक्त सन्दीपका ९ पाेज
तस्बिर: क्यानकाे फेसबुकबाट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली क्रिके टीम कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो चरणको बन्द प्रशिक्षणमा छ।

पहिलो चरणको बन्द प्रशिक्षणमा २८ जना खेलाडी रहेकोमा गत बिहीबार क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण्मा २० जना खेलाडीलाई मात्र छनोट गर्यो। उक्त छनोटमा बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेसमेत समेटिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले उनीमाथि लगाएको निलम्बन फुकुवा गर्दै गत बिहीबार उनलाई टोलीमा समावेश गरेको हो। यद्यपि त्यसको पक्ष–विपक्षमा बहस भइरहेकै छन्।

शनिबार त लामिछानेलाई राष्ट्रिय टिममा समावेश गर्ने क्यानको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनसमेत भयो। यद्यपि क्यान पछि हटेको छैन। उ लामिछानेलाई कीर्तिपुरमा हुने त्रिदेशी सिरिजमा खेलाउने मुडमा छ।

क्यानले शनिबार बन्द प्रशिक्षणको ३५ तस्बिर सार्वजनिक गरेको छ। जसमा सन्दीप मन लगाएर प्रशिक्षण्मा सहभागी भइरहेका छन्। आफूलाई  लयमा फर्कन प्रयासमा छन्।

सन्दीपमाथि १७ वर्षीया नाबालिग बलात्कारको आरोप छ। उच्च अदालतले शर्त र २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी अहिले जेलमुक्त भएका हुन्।

२१ माघ, २०७९, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।