५५ जनामा अन्धोपनको समस्या देखिएपछि भारतीय कम्पनीको औषधि अमेरिकाबाट फिर्ता

५५ जनामा अन्धोपनको समस्या देखिएपछि भारतीय कम्पनीको औषधि अमेरिकाबाट फिर्ता

एजेन्सी : यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले भारतमा बनेको आँखाको औषधि प्रयोगबारे चेतावनी दिएपछि औषधि फिर्ता भएको छ।

भारतीय कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले उत्पादन गर्ने यो आँखाको औषधिका कारण ब्याक्टेरिया फैलिएको भन्दै एजेन्सीले यसको प्रयोगबाट संक्रमण, अन्धोपन र मृत्युसमेत हुनसक्ने बताउँदै फिर्ता गरेको हो।

कम्पनीले औषधि निर्माणमा अपनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरेको एजेन्सीले जनाएको छ। युएसएफडीएको चेतावनीपछि चेन्नईस्थित कम्पनी ग्लोबल फार्माले बजारबाट औषधि फिर्ता लिने निर्णय गरेको छ।

कम्पनीले यस विषयमा अनुसन्धान गर्न अमेरिकी सरकारका एजेन्सीहरूसँग पूर्ण सहयोग गरिरहेको जनाएको छ।

यो आँखा ड्रपका कारण कम्तीमा ५५ जना बिरामीमा संक्रमण र अन्धोपनका घटनाहरू देखिएको अमेरिकी एफडीएले जनाएको छ। एक जनाको मृत्युसमेत भएको छ।

२१ माघ, २०७९, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।