जब दक्षिण भारतीय अभिनेत्री नयनतारालाई 'कास्टिङ काउच'को प्रस्ताव गरियो...

जब दक्षिण भारतीय अभिनेत्री नयनतारालाई 'कास्टिङ काउच'को प्रस्ताव गरियो...

एजेन्सी: फिल्म र टेलिभिजनको दुनियाँमा 'कास्टिङ काउच' तीतो सत्यको रूपमा रहेको छ। कास्टिङ काउच भनेको कुनै पनि फिल्म या म्युजिक भिडियोमा या यस्तै कुनै ग्ल्यामरको दुनियाँमा प्रवेश पाउनका अथवा भूमिका पाउनका लागि यौनजन्य क्रियाकलापमा संलग्न हुनुपर्ने बाध्यकारी प्रस्ताव हो।

कास्टिङ काउचको शिकार नवप्रवेशी मात्र हुँदैनन्। सन् २०२० मा बाहुबली अभिनेत्री अनुष्का शेट्टीले पनि कास्टिङ काउचको बारेमा खुलासा गरेकी थिइन्।

दक्षिण भारतीय अभिनेत्री नयनतारालाई पनि यस्तै कास्टिङ काउचको प्रस्ताव आएको उनले बताएकी छिन्।

हालसालै एक अन्तर्वार्ताको क्रममा उनले एक फिल्ममा महत्त्वपूर्ण भूमिकाका लागि कसैले उनलाई कास्टिङ काउचको प्रस्ताव राखेको बताएकी छिन्। उनले आफूले उक्त प्रस्ताव बहादुरीपूर्वक नकारेको पनि बताएकी छिन्।

उनले आफ्नो क्षमतामा विश्वास रहेको भन्दै एक दिन अभिनयकै बलमा प्रसिद्ध कलाकार बन्ने पनि बताइन्।

नयनतारा दक्षिण भारतीय चलचित्रकी सुपरिचित अभिनेत्री हुन्। उनको सुन्दरता र अभिनयको निकै तारिफ हुने गरेको छ।

नयनतारा हाल शाहरुख खानको प्रतीक्षित फिल्म 'जवान'मा काम गरिरहेकी छिन्। उनी मुख्य अभिनेत्रीको भूमिकामा छिन्। यो उनको बलिउड डेब्यू समेत हो।

नयनताराले केही समयअघि मात्रै सोरोगेसीमार्फत जुम्ल्याहा सन्तानलाई आफ्नो जीवनमा ल्याइसकेकी छिन्।

२१ माघ, २०७९, ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।