बंगलादेशसँग नेपाल पराजित

बंगलादेशसँग नेपाल पराजित

काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल १–३ गोलले पराजित भएको हो।

बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले एक–एक गोल गरिन्।

नेपालका मनमाया दमाइले एक गोल फर्काइन्। यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरू गर्दा बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।

२० माघ, २०७९, २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।