संसद्‍मा रोकिएको शिक्षा ऐन अगाडि बढाउँछाैं : मन्त्री खनाल

संसद्‍मा रोकिएको शिक्षा ऐन अगाडि बढाउँछाैं : मन्त्री खनाल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका छन्।

गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका हुन्।

‘संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ’, मन्त्री खनालले भने।

अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै उनले यसलाई बेलैमा ध्यान दिएर सबैलाई समान रूपले शिक्षा हासिल गर्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

२० माघ, २०७९, २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।