प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री इस्माइलबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री इस्माइलबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मलेसियामा रहेको नेपाली आप्रवासी कामदारको हित संरक्षण लगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

२० माघ, २०७९, १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।