दुई साहित्यकार सम्मानित

दुई साहित्यकार सम्मानित

काठमाडौं : कपन साहित्य समाजले दुई वरिष्ठ साहित्यकारलाई सम्मान गरेको छ।

शुक्रबार काठमाडौंमा भएको विशेष कार्यक्रममा समाजले वरिष्ठ साहित्यकारद्वय प्रा.डा.अभि सुवेदी र प्रा.डा. गार्गी शर्मालाई सम्मान गरेको हो।

समाजले सुवेदीलाई ‘कसास यात्री स्मृति सम्मान–२०७७’ र गार्गीलाई  ‘कसास यात्री स्मृति सम्मान–२०७८’ प्रदान गरेको हो।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान’ प्रदान गर्दै आएको छ।

२०७५ मा प्रा. दयाराम श्रेष्ठ ‘सम्भव’ र २०७६ मा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गलाई यो सम्मान प्रदान गरिएकाे थियो।

सोही अवसरमा कपन दर्पणको कविता विशेषाङ्क विमोचन गरिएको थियो।

२० माघ, २०७९, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।