आफ्नै बुवाको हत्या आरोपमा ३२ वर्षीय युवा पक्राउ

आफ्नै बुवाको हत्या आरोपमा ३२ वर्षीय युवा पक्राउ

रौतहट : आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले ३२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

५५ वर्षीय निरकुमार राईको हत्या अभियोगमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२० माघ, २०७९, १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।