कांग्रेस महामन्त्रीले प्रचण्डलाई भने-‘कि सन्दीपलाई बधाई दिनुस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ’

कांग्रेस महामन्त्रीले प्रचण्डलाई भने-‘कि सन्दीपलाई बधाई दिनुस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ’

काठमाडौं: नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराएका छन्।

यस विषयमा खेलकुदमन्त्रीको समेत जिम्मेवारी लिएका प्रचण्ड र सरकार माैन रहेकाले उनले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

शर्माले ट्वीटमार्फत भनेका छन्, ‘खेलकुदमन्त्री पनि प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँदछु- कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस्। तर मौनता जिम्मेवार जवाफ हुन्न।’

उनले क्यानका अध्यक्षलाई समेत आफूले फोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भनेर प्रश्न गरेको भनेर समेत लेखेका छन्।

 

२० माघ, २०७९, १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।