आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि बेहाेस भए घनश्याम भुसाल

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि बेहाेस भए घनश्याम भुसाल

काठमाडौं: एकीकृत समाजवादीका नेता घनश्याम भुसालले चलाएको गाडी दुर्घटनामा परेको छ। शुक्रबार भुसालले चलाएको गाडी बानेश्वरस्थित सडकमा रहेकाे डिभाइडरमा ठोक्किएको थियाे।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि उनी बेहाेस भएका थिए। हाल उनकाे बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बुझिएकाे छ।

२० माघ, २०७९, १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।