अटोमा लुकाएर १७ किलो गाँजा ल्याउँदै गर्दा पाँच जना पक्राउ

अटोमा लुकाएर १७ किलो गाँजा ल्याउँदै गर्दा पाँच जना पक्राउ

काठमाडौं: सुनसरीको दुहबी नगरपालिका- ३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सीआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को२ह ३०४४ नम्बरको अटो चेकजाँच गर्ने क्रममा लुकाएर राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो।

अटो चालक इटहरी उपमहानगरपालिका- ११ का ३७  वर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी- १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आशिष पटेललाई पक्राउ परेका छन्। यस्तै इटहरी- १२ का २७ वर्षीय अरुणकुमार सरदार र देवानगञ्ज गाउँपालिका- ५ का २३ वर्षीय मिथिलेस यादवलाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

२० माघ, २०७९, १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।