मिस नेपाल २०२३ को आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने

मिस नेपाल २०२३ को आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने

काठमाडौं: हिडेन ट्रेजरले मिस नेपाल– २०२३ को आवेदन खुला गरेको छ। आवेदन यही वर्षको चैत १२ गते अर्थात् (मार्च १५ २०२३) सम्म खुला रहनेछ।

यस पटक सात वटै प्रदेशमा अडिसन हुने भएको छ। जसअनुसार काठमाडौं अडिसन १८ मार्च २०२३ मा पार्क भिलेज, बूढानीलकण्ठमा हुनेछ।

त्यस्तै इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरू मार्च १५, २०२३ भित्र हुनेछ।  जसको स्थान र मिति भने पछि घोषणा गरिने बताइएको छ।

मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरीस्थित २८ सय दर्शकअट्ने सनराइज कन्भेन्सन् सेन्टरमा ग्रान्ड फिनाले हुनेछ। फाइनलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट जेठ २७ गते (मे २७, २०२३) मा शनिबार बेलुका ४ बजे हुनेछ।

गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन्। सरिशाले बेस्ट इको भिडियो (एसिया) जित्न सफल भएकी थिइन्।

मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन्।
त्यस्तै मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छिन्। २०२३ को मे महिनामा मिस वर्ल्ड २०२३ को आयोजना हुनेछ।

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विभिन्न प्रशिक्षणहरू लिइरहेकी छिन्। उनी आफ्नो 'ब्यूटी विथ पर्पस' प्रोजेक्टमा मिहिनेत गरिरहेकी छिन्। जसलाई मिस वर्ल्ड प्रतियोगिताको मुटु समेत मानिन्छ।

यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उँचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीलेआवेदन दिन सक्नेछन्।

प्रतियोगितामा भाग लिनको लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन। यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरू हुनेछन्। जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ।

२० माघ, २०७९, १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।