बिहीबार बढेर रेकर्ड बनाएको सुनकाे मूल्यमा गिरावट, आज १४०० रुपैयाँले घट्याे

बिहीबार बढेर रेकर्ड बनाएको सुनकाे मूल्यमा गिरावट, आज १४०० रुपैयाँले घट्याे

काठमाडौं: अघिल्लाे दिन १२ सयले बढेकाे सुनकाे मूल्य शुक्रबार १४ सयले घटेको छ। आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला १४०० ले घटेर १ लाख ६ हजार १ सय रुपैयाँ तोकिएको छ। 

अघिल्लो दिन सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा रहँदा प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन रु १ लाख ७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु १ हजार ३ सय ६५ तोकिएको छ। 

 

२० माघ, २०७९, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।