दुईटा ट्रक ठोकिँदा चालक र सहचालकको मृत्यु

दुईटा ट्रक ठोकिँदा चालक र सहचालकको मृत्यु
साङ्केतिक तस्बिर

काठमाडौं: शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो।

२० माघ, २०७९, १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।