मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

एजेन्सी: अर्जेन्टिनामा दुई हजार पेसो (अर्जेन्टिनी मुद्रा) को नोट जारी गरिएको छ। बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै अर्जेन्टिनाको केन्द्रीय बैङ्कले बीसीआरएले दुई हजारको नोट जारी गरेको हो।

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो।

पछिल्लो १२ महिनामा ९५ प्रतिशतले मूल्यवृद्धि भएपछि अर्जेन्टिनाले यस्तो कदम चालेको हो। सन् १९९१ यता यो अर्जेन्टिनाको सबैभन्दा तीव्र गतिको मुद्रास्फीति हो।

नयाँ जारी गरिएको नोटले अर्जेन्टिनाको विज्ञान र स्वास्थ्यको विकासको स्मरण गर्ने केन्द्रीय बैङ्कले जनाएको छ। नोटमा चिकित्सकहरू सेसिलिया ग्रिअरसन र रामोन क्यारिलोको तस्बिर हुनेछ।

नयाँ नोट बजारमा कहिलेबाट पठाउने भन्नेबारे भने कुनै निर्णय भएको छैन।

२० माघ, २०७९, ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।