सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै
फाइल तस्बिर

काठमाडौं: बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनले आदेश दिएको थियो। त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए।

गत मङ्गलबार महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छोड्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएकाे थियो। उक्त पुनरावेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ।

सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ।

यता सन्दीपलाई भने नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन फुकुवा गरिसकेको छ। मङ्गलबारै बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी बन्द प्रशिक्षणमा समेत छनोट भइसकेका छन्।

२० माघ, २०७९, ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।