रास्वपाले भन्याे- गृह मन्त्रालय छाड्दैनौं

रास्वपाले भन्याे- गृह मन्त्रालय छाड्दैनौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने भएको छ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ढकालले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले बताए।

उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा भने पार्टीले निर्णय गर्ने बताएका छन्। यस्तै, पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक भएको उनले बताए।

उनले भने, ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो। यो अडानबाट हामी पछाडि हट्दैनौं र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो। अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन।’

दाहाल र ओलीको फोन आएपछि स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ।’

१९ माघ, २०७९, २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।