जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

एजेन्सी : जम्मू–कश्मीर प्रहरीले एक चरमपन्थीबाट परफ्युम बम बरामद गरेको दाबी गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले प्रहरीले पहिलो पटक परफ्युम बम बरामद गरेको बताएका हुन्। 

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना घाइते भएका थिए।

पछिल्ला तीन वर्षदेखि पाकिस्तानी ह्यान्डलरसँग सम्पर्कमा रहेका चरमपन्थी आरिफलाई यसपछि मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेको कथित अतिवादी आरिफ यसअघि सरकारी विद्यालयमा पढाउने गर्थे। प्रहरीका अनुसार उनी रियासी जिल्लाका हुन्।

१९ माघ, २०७९, १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।