नाबालिग बलात्कारकाे आरोप लागेका सन्दीप राष्ट्रिय टिममा फर्कंदै, क्यानले बोलायाे बन्द प्रशिक्षणमा

नाबालिग बलात्कारकाे आरोप लागेका सन्दीप राष्ट्रिय टिममा फर्कंदै, क्यानले बोलायाे बन्द प्रशिक्षणमा

काठमाडौं: नाबालिग बलात्कारकाे आरोप लागेका नेपाली टिमका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा फर्कने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले करिब साढे तीन महिना लगाएकाे निलम्बन फुकुवा गरे लगत्तै क्यानकाे खेलाडी छनाेट समितिले उनलाई टिममा बाेलाएकाे हाे।

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन बाेलाइएको छ।

क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई नेपाली टोलीमा बाेलाउने बाटाे खुलेकाे चौधरीले बताए। 

सन्दीपलाई समावेश गर्दै ९ खेलाडि घटाएर क्यानले घाेषणा गर्याे बन्द प्रशिक्षण टाेली

सन्दीप नेपाली टिमकाे महत्वपूर्ण सदस्य रहेकाेले आगामी महिना नेपालमा नै हुन लागेकाे आईसिसी विश्वकप लिग-२ अन्तर्गतकाे सिरिजका लागि उनलाई टिममा बाेलाइएकाे चाैधरीले बताए।

नेपालले अर्काे महिना काठमाडौंमा हुने त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेल्दैछ।

१९ माघ, २०७९, १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।